मलेसियाबाट फर्किएका धुर्मुसु सुन्तलीले एअरपोर्टबाटै भने- हामीलाई गाली नगर्नुस् (भिडियो)

Posted on: 12 Feb, 2019

माघ २९, काठमाडौं । सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली मलेसियाको एक साताको कार्यक्रम सकेर नेपाल फर्किएका छन् । चितवनको भरतपुरमा निर्माण घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ कार्यक्रम सकेर उनीहरु सोमबार राती नेपाल फर्किएका हुन् । 

एअरपोर्टबाटै धुर्मुसुले मलेसियामा रहेका नेपालीहरुको राम्रो साथ पाएको बताए । साथै उनले कति सहयोग रकम जुट्यो भन्ने बिषयमा केहिदिनमा सार्वजनिक गर्ने समेत जानकारी दिए । साथै उनले पछिल्लो केहिदिन यता सामाजिक सञ्जालमा आएका भ्रामक समाचारहरुमा सत्यता नभएको पनि जानकारी गराए ।

भिडियोमा हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!