मेरी आमा मिलियन क्लबमा प्रवेश (हेर्नुहोस् भिडियोसहित)

Posted on: 26 Feb, 2019

फागुन १४, काठमाडौं | साहित्य , सिनेमा र संगीतलाई समाजको दर्पणको रुपमा लिइन्छ । समाजमा देखेका, भोगेका कुराहरु कलात्मक ढंगले कला र साहित्यका माध्यम बाट व्यक्त गरिने गरिएको छ। हिजोआज नेपालमा बलात्कारका घटना बढिरहेका बेला बलात्कार जस्तो जंघन्य अपराधलाई उठान गरिएको नन कमर्सिएल गीत " मेरी आमा "ले दर्शकको साथ पाएको छ। 

हिर्दय स्पर्शी यस गीतलाई युट्युवमा दश लाख भन्दा बढी दर्शकले हेरेका छन भने १९ सय भन्दा बढी दर्शकले यस गीतको भिडियोमा प्रतिक्रिया जनाएका छ्न । अमेरिकामा बसेर पनि नेपाली गीत संगीतलाई मनै देखि माया गर्ने गीतकार प्रलाद शाहले यस  गीतको शब्द लेखेका हुन । लोकप्रीय गायिका मेलीना राईको आवाज रहेको गीतमा संगीत नबिन कार्कीको रहेको छ । 

रंगमन्चकी चर्चित कलाकार शान्ती गिरी र ‘नाई न भन्नु ल ५’ बाट डेब्यु गरेकी कलाकार सेड्रिना शर्माले भिडियोमा अभिनय गरेका छन् । अनिल के मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । बिकाश सुवेदीको कथा र कन्स्पेटमा गीतको भिडियो तयार भएको हो। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!