मेलिना राईको नयाँ मार्मिक म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Posted on: 07 Mar, 2019

फागुन २३, काठमाडौं । देशको माया कति हुन्छ देश बाहिर बस्ने नेपालीलाई थाहा हुन्छ । जहाँ पुगे पनि आखिर यो मन त नेपाली हो । रोजगारको लागि बिदेशिने नेपालीले आफ्नो परिवारको सुख मात्रै होइन देश समृद्ध होस भन्नका निम्ति दुख पिरमा परेका नेपाली र देश बिकाशका निम्ति मन खोलेर सहयोग गर्दै आएका छन । 

बिगत १३ वर्ष देखि बेल्जियममा बस्दै आएका कवि तथा गीतकार दिनेश पोखरेललाई नेपाल र नेपाली प्रती माया छ। गजबको कुरा त  के भने हात खुट्टा गुमाएका नेपालीको सहयोगार्थ उनले लेखेको कविता "स्विटर" फेसबुक फन्ड रेज कार्यक्रम मार्फत चर्चित बन्दै छ र अहिले लाखौको सहयोग पनि जुटिरहेको छ। 

भुकम्पमा पति  गुमाएका पत्नी प्रती समर्पित उनले लेखेको  गीत " सिन्दुर"  केही दिन अघि डिजिटल बजारमा सार्वजनिक भएको छ।  यस गीतमा शब्द दिनेश पोखरेलको रहेको छ भने संगीत गैरे सुरेशको रहेको छ । गीतमा स्वर लोकप्रीय गायिका मेलिना राई को रहेको छ। गीतको एरेन्जमेन्ट सुदिप सागरले गरेका हुन। उत्सव दहालले खिचेको भिडियोमा बिनोद न्यौपाने र सम्पदा बाँनियाको अभिनय रहेको छ। बिकाश दहालले भिडियो सम्पादन गरेका हुन । युवराज वाइबाको कन्सेप्ट र निर्देशनमा गीतको भिडियो तयार भएको हो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!