‘लिटिल मिस हेरिटेज नेपाल २०१९’को आवेदन खुल्ला

Posted on: 11 Mar, 2019

फागुन २७, काठमाडौं | जेनिथ ईन्टरटेनमेन्ट आयोजक रहेको ‘लिटिल मिस हेरिटेज नेपाल २०१९’को आवेदन खुल्ला भएको छ । सोमबार एक बिज्ञप्ती जारी गर्दै जेनिथ ईन्टरटेनमेन्टले प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको हो ।

स्कुल अध्यायन गर्ने छात्राहरुको क्षेमता निखार्दै उनीहरुको भविश्य उज्वल बनाउने उदेश्यले आयोजना हुदै आएको प्रतियोगितामा सिनियर तथा जुुनियर एकएक विजेता छानिने छन् । 

‘जुनियर लिटल मिस हेरिटेज’का लागि ८ देखि १३ र ‘सिनियर लिटल मिस हेरिटेज’का लागि १३ देखि १७ बर्षसम्मका छात्राहरुले आवेदन भर्न सक्नेछन् ।


‘परिबर्तनका लागि जेनिथ’ भन्ने मुल नाराका साथ कलिला मस्तिष्कहरुमा सकरात्मक बिकाश गराइ उनिहरुको ब्याक्तित्व बिकाश र आत्मबिस्वास अभिबृद्धी गरि मिडिया, समाज र मुलुकका लागि कुशल नेतृत्वदायी ब्यक्तित्व उत्पादन गर्न प्रतियोगिताका लाभदायक हुने जेनिथ ईन्टरटेनमेन्टका सिइओ बिक्रम सिङ मैनालीले बताए ।

जेनिथ ईन्टरटेनमेन्टको फेसबुक पेज तथा संस्थाको नयाँ बानेश्वरस्थित कार्यलयबाट पनि आवेदन भर्न सकिने प्रतियोगिताको पहिलो अडिसन यही चैत्र २३ गते तीनकुनेस्थित मण्डला ब्याङ्क्वेटमा आयोजना हुँदैछ । 

अडिसनबाट छानिएका प्रतियोगितले अन्तिम स्पर्धाका लागि कलाकार, मोडेल, चर्चित ब्यक्तिबाट बिभिन्न प्रशिक्षण लिनेछन् । 

मिस हेरिटेज नेपालका दुबै शिर्ष बिजेताले आकर्षक नगद पुरस्कार, म्युजिक भिडियो तथा अध्यायनका लागि बिभिन्न छात्रवृत्तिको साथ नेपालको प्रतिनिधित्व गर्दै अन्तरास्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अबसर प्राप्त गर्नेछन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!