भद्रगोलमा पाँडेको भूमिकाप्रति आपत्ति जनाउँदै यस्तो विज्ञप्ति पेश !

Posted on: 12 Mar, 2019

फागुन २८, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारित टेलिश्रंखला ‘भद्रगोल’मा पाँडेको भूमिकाप्रति नेपाल पाण्डेसमाजले आपत्ति जनाएको छ ।

पाण्डे समाजले विज्ञप्ति जारी गरी टेलिश्रृखलामा देखाइने गरेको पाँडेको प्रस्तुतिले मूलुकभर रहेका पाण्डेहरुको अपमान भएको उल्लेख गरेको छ ।

भद्रगोल पाँडे पात्रलाई कहिलेकाहीँ अतिशयोक्ति र कपोलकल्पित ढंगले प्रस्तुत गर्दा मुलुकभर रहेका पाण्डेहरुको मनमा चोट पुगेको भन्दै पाण्डेसमाजले विज्ञप्ति जारी गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!