नबीन के भट्टराईको 'जान्छु म' सार्बजनिक (हेर्नुहोस् भिडियोसहित)

Posted on: 13 Mar, 2019

सचिन्द्र श्रेष्ठ | फाल्गुन २८, काठमाडौं | अनीदो भए, तिमी नै, मेरो नाम, चाहना एउटै मेरो जस्ता चर्चित गीत केहि समय पहिले निकालेका नवीन के भट्टराईले फेरि श्रोता समक्ष अर्को नया गीत सार्बजनिक गरेका छन।     

नेपाली पपसंगीतका लेजेंड भनेर चिनिने भट्टराईको 'जान्छु म' नामक गीत सार्वजनिक भएको हो । 

तिमी लाई भेट्ने, साँझपख एकान्तमा, तिमी हौ लाखौँको धड्कन, तिमीलाई म दोबाटोमा, आँखामा तिमीलाई, डर लाग्छ तिम्रो मेरो, ए झरीलगायतका दर्जनौ हिट गीतले उनलाई आजका दिन सम्म पनि फुर्सद नमिल्ने स्थानमा ल्याएको छ।

नवीन के भट्टराईको आफ्नै स्वर र कंपोज़ रहेको उक्त गीतमा रोशन सुबेदीको शब्द,रंजन न्यौपानेको सम्पादन ,छायांकनमा अवेश बज्राचार्यले गज्जबको खिचेका छन भने निराजन प्रधान र सुष्माको केमेस्ट्रीक अभिनय रहेको म्यूजिक भिडियोलाई पासाङ योन्जन लामाले निर्देशन गरेको र उक्त भिडियो म्यूजिक नेपालले निकालेको हो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!