सरकारले विप्लवलाई प्रतिबन्ध लगाउने भनेपछि रेखा थापाले मुख खोलिन्

Posted on: 13 Mar, 2019

फागुन २९, काठमाडौं । अभिनेत्री रेखा थापाले सरकारले देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएकी छन् । सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्ध र सीके राउतसँग गरेको सहमतिबारे सामाजिक संजालमा आफ्नो धारणा राख्दै नायिका थापाले यस्तो आरोप लगाएकी हुन्।

फेसबुकमा स्टाटस लेख्दै थापाले भनेकी छन्, ‘यो सरकार कसले चलाएको छ? जबर्जस्ती युद्ध थोपर्न पो थाल्यो। देशभक्त विप्लवमाथि प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो? प्रतिवाद हुने निश्चित छ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!