बिष्णु माझि र सन्दिप न्यौपानेको ‘लालुमैु’ चौतर्फी चर्चामा (हेर्नुहोस् भिडियो)

Posted on: 15 Mar, 2019

चैत १, काठमाडौं | पछिल्लो समयको चर्चित गीत हो ‘लालुमैु’ । सार्वजनिक भएको छोटो समयमै यो गीत चौतर्फी चर्चामा रहेको छ  । गायक तथा मोडल सन्दिप न्यौपाने र चर्चित लोक गायिका बिष्णु माझिको स्वर रहेको गीतलाई हालसम्म ५० लाख माथि दर्शकहरुले हेरिसकेका छन । गीतमा शिब हमालको शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज आशिस अविरलले गरेका हुन् । युट्युब संगै यो गीत टिकटकमा समेत उतिकै लोकप्रिय बन्दै गैरहेको छ । गीतलाई टिकटकमा तिस हजार भन्दा धेरै ब्यातिहरुले भिडीयो बनाइसकेका छन् ।

नेपाली सांगीतिक बजारमा छोटो समयमै यो गीतले यति धेरै दर्शक पाउदा गीतको निर्माण पक्ष आफुलाई हौसला मिलेको बताउछन् । लोक शैलीको म्युजिक भिडीयोलाई प्रकास भट्टले निर्देशन गरेका हुन् । निर्देशक भट्ट लोक शैलीका म्युजिक भिडीयो निर्देशनमा अबब्ल मानिन्छन । भिडीयोमा गायक न्यौपाने र मोडल सृष्टि खड्का नृत्य तथा अभिनय गरेका छन् । भिडीयोलाइ राजेश घिमिरेको छायाँकन ,पुष्पा बर्माको ड्रेस , सृष्टि थापा मगर र रोसन भुसालको मेकअप र बिष्णु शर्माको सम्पादन समाबेस रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!