नेपाल आइडलका विजेता रवि ओडसहित ३ जना अमेरिका जाने

Posted on: 22 Mar, 2019

चैत ८, काठमाडौं– नेपाल आइडल सिजन २ का विजेता रवि ओडसहित उत्कृष्ट तीन प्रतियोगी अमेरिका भ्रमणमा जाने भएका छन्।  चर्चित गायन रियालिटी शो नेपाल आइडलका विजेता ओडसहित फस्ट रनरअप विक्रम बराल र सेकेन्ड रनरअप सुमित पाठक अमेरिका भ्रमणमा जाने भएका हुन् । 

उनीहरुले अमेरिकामा रहँदा अप्रिल १३ तारिखमा न्युयोर्कमा, अप्रिल १४ बाल्टिमोरमा, अप्रिल १९ मा नेब्रास्कामा र अप्रिल २१ मा बोस्टनमा सांगीतिक प्रस्तुति दिनेछन् ।   उनीहरुले यसअघि जापान, अष्ट्रेलिया र यूएई पुगेर सांगितिक प्रस्तुति दिइसकेका छन् । नेपाल आइडल सन् २०१७ देखि एपीवान एचडी टेलिभिजनमा सञ्चालित कार्यक्रम हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!