नायिकाले रेष्टुरेन्टका कर्मचारीलाई थप्पड हानेपछि...

Posted on: 02 Apr, 2019

काठमाडौं | भारतकी टिभी नायिका रुही सिंहले सोमबार राती बान्द्रास्थित एक रेष्टुरेन्ट बाहिर ठूलै हंगामा गरेकी छिन्  । उनीविरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ । यो घटनाका थुप्रै भिडियो सोसल मिडियामा भाइरल भइरहेका छन् ।


स्पटबोयको रिपोर्ट अनुसार रुही आफ्ना दुई साथीहरु राजेश र राहुलसँग अबेर राती दुई बजे बान्द्राको लिंकिंग रोडको एउटा रेष्टुरेन्टमा पुगिन् । रेष्टुरेन्ट बन्द भइसकेको थियो तर रुहीले रेष्टुरेन्टका कर्मचारीलाई खोल्न अह्राइन्  । उनी रेष्टुरेन्टको बाथरुम प्रयोग गर्न चाहन्थिन् । जब रेष्टुरेन्टका कर्मचारीले उनलाई भित्र आउन दिएनन् तब उनले कर्मचारीमाथि हातपात गरिन् । अबेर राती भएको यो हंगामा पछि कर्मचारीले पुलिसलाई फोन गरे ।

रिपोर्ट अनुसार पुलिस पुग्दा नायिका र उनका साथीहरु रेष्टुरेन्टका कर्मचारी बहस गरिरहेका थिए । पुलिसले जब नायिकालाई सम्झाए तब रुहीले पुलिसलाई हातपात गर्न थालिन् । घटनाको जब भिडियो बनाइयो तब रुहीले पुलिस लक्ष्मीकान्तको मोबाइल खोसेर थप्पड हानिन् । रुहीसँग भएका दुई साथीले पनि पुलिसलाई धक्का दिए ।

रुही सिंहको एउटा भिडियो भाइरल भइरहेको छ जसमा नायिकाले पुलिसको ब्याचलाई आफ्नो हातमा लिएर ‘ल, बनाउ त भिडियो, मेरो हातमा ब्याच छ’ भनिरहेकी छिन् । रुहीले रेष्टुरेन्टको बाहिर पार्किङमा भएको गाडीलाई पनि ठक्कर दिइन् । जानकारीका अनुसार नायिका आफैंले गाडी चलाइरहेकी थिइन् । नायिकाले रक्सी पिए नपिएको भन्नेबारे अहिले नै पुष्टि नभइसकेको बताइएको छ । जानकारीका अनुसार रुहीको कारलाई पनि जफत गरिएको छ । रुहीका दुई साथीलाई पनि पुलिसले पक्राउ गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!