आशिफ र रेश्माको 'हेरन कान्छी' सार्वजनिक (भिडियोसहित)

Posted on: 18 Apr, 2019

बैशाख ५, काठमाडौं | गायिका मेलिना राई र राज खम्बुको आवाज रहेको गीत 'हेरन कान्छी' रिलिज भएको छ । दिपक शर्माको संगीत रहेको गीतलाई दिनेश सुबेदिले लेखेका हुन् । 'इन्स्टाको फोटो' गीतबाट दर्शकले औधी रुचाएका आशिफ शाह र रेश्मा घिमिरेलाई गीतमा फिचर गरिएको छ । गीतको भिडियोलाई राजिव समर र शिशिर खातीले कोरियोग्राफी गरेका हुन् भने गीतलाई शान थापाले निर्देशन गरेका हुन् । G21 डिजिटलले प्रस्तुत गरेको गीतको निर्माता अंशु राई हुन् । 

कमेडी र रोमान्सलाई मिसाएर बनाइएको गीतको भिडियोले दुइ प्रेमीले जवानीको लहर, प्रेम र बाचा कसमलाई देखाएको छ । जवानीमा चिटिक्क पर्ने र आफुले मन पराएको मान्छेको नजिक जाने रहरलाई साङ्गीतिक रुप दिइएको छ । गीतलाई G21 डिजिटलको अफिसियल यु-ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । अहिलेसम्म हेर्नेहरुले 'हेरन कान्छी'लाई राम्रो प्रतिकृया दिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!