गायक तथा संगीतकार मदन दीपबिमको निधन

Posted on: 23 Apr, 2019

बैशाख १०, काठमाण्डाै – गायक तथा संगीतकार मदन दीपबिमको निधन भएको छ । उहाँको सोमबार राती हृदयघातका कारण अमेरिकाको सन फ्रान्सिस्कोमा निधन भएको हो । उहाँ छोरी ममतासँग बस्दै आउनुभएको थियो ।


गएको महिना हृदयघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । केही समय रेडियो नेपालमा समेत काम गरेका उहाँले गायिका शिवा बस्नेतसँग विवाह गर्नु भएको थियो । 

उहाँको के भूल भयो प्रिया मसँग बोल्दिनौ, झस्केर दुख्छ यो मुटु मेरो उनैको यादमालगायत धेरै गीत चर्चित छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!