खानले जिते नाट्यस्वर म्यूजिक अवार्ड २०७५

Posted on: 23 Apr, 2019

वैशाख १०, काठमाडौं | सानै उमेरमा गायनमा बलियो सम्भावना बोकेका गायक रुपमा चिनिदै छन् रिजवान खान | नाट्यस्वर म्यूजिक अवार्ड २०७५ मा उहाको पहिलो नेपाली गीत “पुर्णिमाको जुन वनी” आधुनिक विधामा बेस्ट डेब्यु प्लेब्याक सिंगरको उपाधि प्रथम राष्ट्रपति डा. रामवरण यादव ज्युको हातबाट जित्न सफल भएको छ | 


अल्हाबाद विश्वविद्यालय भारतबाट शास्त्रीय संगीतमा स्नातकोत्तर गरेका छन् | साथै  पत्रकारितामा पनि  त्रिभुवन विस्वविध्यालय काठमाडौंबाट स्नातकोत्तर गरेका छन् | हाल उनले नेपाली र मैथिली गरि ७ वटा गीत बजारमा ल्याएका छन् | विगत ७ वर्षदेखि संगीतमा निरन्तरता दिदै आएका उनले नेपाली, हिन्दी, मैथिली, भोजपुरी, उर्दु र पंजावी लगायत ६ वटा भाषामा गाएका छन् | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!