सारेगमप लिटिल च्याम्प्स: २० हजार प्रतिस्पर्धीलाई पछी पार्दै आयूष र प्रितम टप ११ मा

Posted on: 27 Apr, 2019

बैशाख १४, काठमाडौं–भारतीय टेलिभिजन च्यानल जी टीभीबाट प्रशारण हुने बाल रियालिटी शो सारेगमप लिटिल च्याम्प्स अन्तर्गत सन् २०१९ को संस्करणमा सहभागि नेपाली बलाकलाकरद्वय आयुष केसी र प्रीतम आचार्य टप १० को भिडन्तमा पुगेका छन्।

उनीहरु विभिन्न चरण पार गर्दै टप १० मा पुगेका हुन् | सारेगमपले पहिलो चरणमा सुरशाला म्यूजिक एकेडेमी मार्फत भिडियोबाट अडिसन लिएको थियो। सुरशाला म्यूजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टू’ को लागि दिल्ली बोलाइएको थियो।

दिल्लीमा अडिसन दिन आयुष र प्रितम सँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए। ‘लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउण्डको लागि मुम्बई गए। त्यसपछि ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’राउन्ड हुँदै उनीहरू टप ११ मा पर्न सफल भएका हुन्। अहिले दुवै जना टप १० को भिडन्तमा छन्। अहिले दुवै जना  भारतभरका २०००० भन्दा बढि बाल प्रतिभाहरूलाई उछिन्दै उनीहरू यस चरणमा पुगेका हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!