नायिका श्वेता खड्का अस्पताल भर्ना, लेखिन् यस्तो भावुक स्टाटस

Posted on: 29 Apr, 2019

बैशाख १६, काठमान्डौ | नायिका श्वेता खड्का अस्पताल भर्ना भएकी छन् । चिउँडोमुनि ट्युमर आएपछि उनी उपचारका लागि दिल्लीस्थित बीएलके अस्पतालमा भर्ना भएकी हुन् । 

नायिका खड्काले फेसबुकमाफर्त आफूलाई चलचित्र ‘हेल्लो जिन्दगी’ को छायांकन गर्न लण्डनजानु अघि नै दुखाइ महसुस भएको बताएकी छिन् । फेसबुकमा भावुक स्टाटस लेख्दै खड्काले जीवनमा केही कुराको पनि निश्चितता नहुने रैछ भनेकी छिन् ।


श्वेताको चिउँडोमुनि आएको ट्युमरको बीएलके अस्पतालका डाक्टर सुरेन्द्रकुमार दबसले ‘रोबोटिक शल्यक्रिया’ गरेका छन् । श्वेताले आफ्नो उपचारका लागि नेपालबाट डाक्टर पंकजले सबै व्यवस्था गरेको र आफ्नो शल्यक्रिया सफल भएको बताएकी छिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!