शाहरुख खान अभिनित फिल्म ‘जिरो’ले फ्लप खाएपछि...

Posted on: 29 Apr, 2019

बैशाख १६, काठमाडौं | शाहरुख खानको फिल्म ‘जिरो’व्यवसायिक रुपमा फ्लप भएपछि उनिलाई निकै गहिरो प्रभावमा परेका छन् । यसैका कारण उनले कुनै पनि नयाँ फिल्म साइन गर्न हिम्मत जुटाउन नसकिरहेको पनि बताए ।  

शाहरुख बेइजिङ फिल्म फेस्टिबलमा ‘जिरो’को स्क्रिनिङका लागि चीन पुगेको बेला उनले फिल्मको असफलता र आफ्नो नयाँ प्रोजेक्टबारे कुरा गरेका हुन्।


शाहरुखले चीनमा एक वेबसाइटलाई दिएको अन्तरवार्तामा भने, ‘यसपटक म पहिलेकै गल्ती दोहोराउँछु जस्तो लाग्दैन । मलाई लाग्छ कि यसपटक म फिल्म हेर्न, स्क्रिप्ट सुन्न र किताब पढ्नका लागि समय लिनेछु । मेरा छोराछोरी पनि आफ्नो कलेज लाइफ पूरा गरिरहेका छन् । सुहाना कलेजमा छिन्, आर्यनको पढाई यो वर्ष पूरा हुनेछ । म परिवारसँग धेरै समय बिताउन चाहन्छु ।’

आनन्द एल. रायको निर्देशनमा बनेको ‘जिरो’ गत वर्ष डिसेम्बर २१ तारिखमा रिलिज भएको थियो जुन बक्सअफिसमा फ्लप साबित भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!