अदालतमै कुटिए वकिल

Posted on: 28 May, 2019

नवलपरासी | पूर्वी नवलपरासीको जिल्ला अदालत परिसर भित्रै अधिवक्ता चेतनाथ डुम्रे कुटिएका छन् । सोमबार दिउसो अदालतमा बहसका लागि जाँदै गर्दा डुम्रेलाई गैडाकोटका नेकपाका नेता दुर्गा ढुंगानाले कुटपिट गरेको जिल्ला बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता गणेश अधिकारीले जानकारी दिए । 

डुम्रे नवलपरासी बारका पूर्वअध्यक्ष हुन् । अधिकारीले विज्ञप्ति निकालेर गाडी दुर्घटनासम्बन्धी मुद्दाको साक्षी बस्न आएका गैंडाकोट नगर पालिका ८ का ५८ वर्षीय ढुंगानाले डुम्रे माथि हातपात गरेको जनाउदै कारबाहीको माग गरेका छन् । ढुंगानाले वकिलमाथि हातपात गरेर दुव्र्यवहार गरेकोभन्दै बारले अदालतको काम प्रभावित गर्न खोजेको र अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दायर गर्ने भएको छ । 

अदालतमै वकिल कुटिएको यो पहिलो घटना हो ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!