अमिताभ बच्चनको ट्विटर एकाउन्टमा पाकिस्तानका प्रधानमन्त्रीको तश्वीर !

Posted on: 11 Jun, 2019

जेठ २८, एजेसी | भारतका मेगास्टार अमिताभ बच्चनको ट्विटर एकाउन्ट सोमवार ह्याक भएको छ । ह्याकर्सले बच्चनको ट्विटर एकाउन्टको प्रोफाइल फोटोमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्वीर हालिदिएका थिए । त्यसको साथै उनको व्यक्तिगत जानकारी पनि हेरफेर गरेर लभ पाकिस्तान लेखिएको थियो । तर अहिले उनको एकउंट रिकभर भई सकेको छ ।

अमिताभको एकाउन्ट कसले ह्याक गरेको थियो भन्ने कुरा भने अहिलेसम्म खुलेको छैन । तर उनको एकाउन्ट ह्याक हुनुमा पाकिस्तान समर्थित ह्याकर्सको हात हुन सक्ने बताइएको छ । 


अमिताभ बच्चन सामाजिक संजालमा निकै सक्रिय मध्ये एक हुन् । उनले आफ्नो कुराहरु निरन्तर सामाजिक संजालमा पोष्ट गरिरहेका हुन्छन् । ट्व‍िटर र इन्स्टाग्राम जस्तो सामाजिक संजाल मार्फत अमिताभ आफ्नो समर्थकहरुको जानकारीको लागि आफ्नो हरेक गतिविध अपडेट गर्ने अमिताभको बानी छ । उनको ट्विटर एकाउन्ट ह्याक भएपछि यस बिषयमा उनका समर्थक तथा मिडियामा यो बिषयमा समाचारले स्थान पाएका छन् ।

हालसालै अमिताभ बच्चनक सेक्रेटरी शीतल जैनको मृत्यु भएको थियो । अमिताभको फिल्मी करियरमा उनको सेक्रेटरी शीतल जैनको निकै धेरै भूमिका रहेको थियो । उनको फिल्मी करियर शुरू हुँदादेखिनै शीतल उनीसंगै थिए । अमिताभले शीतलको मृत्युसँगै आफ्नो आधिकारिक ब्लग मार्फत शीतलको नाममा संदेश पनि लेखेका थिए । 

अमिताभ बच्चन ट्वीटर मार्फत समय-समयमा आफ्नो कविताहरु पनि सेयर गर्ने गरेका छन् । उनि वलीउडका त्यस्ता अभिनेताहरु मध्ये एक हुन् जो आफ्नो समर्थकहरुको माझ कुनै न कुनै बिषयले संधै चर्चामा आईरहन्छन् ।

अमिताभ बच्चन छिट्टै नयाँ फिल्म ब्रह्मास्त्रमा देखिदैछन् । यो फिल्ममा उनिसँगै रणबीर कपूर र आलिया भट्ट पनि देखिनेछन् । यस अघि अमिताभ बच्चन एक साउथ इन्डियन मुभीलाई लिएर चर्चामा आएका थिए । यो पनि जानकारी गराऔं कि अमिताभके हालसालै तमिल फिल्ममा पनि डेब्यू गरेका छन् । यो फिल्मको सेटमार्फत उनले एक तस्वीर शेयर गरेका थिए जसमा उनका छोरा अभिषेक उनिसँगै थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!