तीज मनाउँदै गोदावरी खोला क्षेत्र सफाई

Posted on: 01 Sep, 2019

भदौ १५, ललितपुर । महिला एवंम बालबालिकाको पहलमा सुरु गरिएको गोदावरी खोला क्षेत्र सरसफाई साप्ताहिक अभियानको २६ औ हप्तामा तीजको रौनकसँगै सरसफाई कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी, प्रहरी, समाजसेवी र स्थानीय वासीन्दाहरुको वृहद उपस्थितिमा, गोदावरी, नयाँबाटो, टुपीखेलघाट वरिपरिको सरसफाई कार्यक्रममा तीजको शुभकामना आदानप्रदान तथा नाचगान समेत गरिएको थियो । 


कार्यक्रममा महानगरीय प्रहरी प्रभाग बाडेगाउँका प्रमुख प्रहरी निरीक्षक श्याम कटवाल, महानगरीय प्रहरी प्रभाग गोदावरीका प्रमुख प्र.स.नि, खिलनाथ अधिकारी, सहरी वातावरण व्यवस्थापन समाजकी गुह्येस्वरी तुलाधर, वोहाको टिम, सामुदायिक प्रहरी सेवा केन्द्रकी सजना नकर्मी, निरा गृहणी समाजकी निरा तिमल्सिना, विष्णुमती सरसफाई अभियन्ता विक्रम पाण्डे, सामाजिक अभियन्ता दिपेस श्रेष्ठ, चन्तल मौदी एकेडेमीका प्रमुख विनोद पौडेल तथा विद्यार्थीहरुका साथै गोदावरी खोला क्षेत्र सरसफाई अभियन्ताहरु रन्जिता श्रेष्ठ खत्री, तारा खड्का, मन्जु भट्टराई, निरा तिमल्सिना, इरसध साह लगायतको सक्रियता रहेको थियो ।

 कार्यक्रम सञ्चालन रन्जिता श्रेष्ठ खत्रीले गर्नुभएको थियो भने उहाँले सरसफाईको लागि ५ वोटा डोको र पन्जा हस्तान्तरण समेत गर्नु भएको थियो । गोदावरी खोला क्षेत्र सरसफाई अभियानको फोहोर व्यवस्थापनमा नेप्को नेपालले सहयोग गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!