यही बिकिनी लगाएको कारण बलिउड अभिनेत्रीमाथि उजुरी दर्ता

Posted on: 21 Nov, 2019

मङ्सिर ५, एजेन्सी | वलिउड चलचित्रकि अभिनेत्री तथा मोडल वाणी कपूरले ११ नोभेम्बरका दिन एक तश्विर आफ्नो इन्स्टाग्राम पेजमा शेयर गरेकी थिइन् जसमा उनले रामको नाम लेखिएको बिकिनी टप लगाएकी थिइन् । उक्त तश्वीरमा उनले लगाएको टपमा भगवान रामको नाम देखेर बिरोध गरिएको छ । उनले लगाएको उक्त कपडाको बिषयलाई लिएर भारतको मुम्बईमा एक उजुरी दर्ता गरिएको छ । उजुरी परेपछि बयानको लागि प्रहरीले वाणी कपूरलाई बोलाएको छ । 


भारतीय संचार संस्था आज तकमा अपडेट भएको एक समाचार अनुसार मुम्बईका एन एम जोशी मार्ग पुलिस स्टेशनमा रमा सावंत नामकी महिलाले वाणी विरुद्ध उजुरी दिएकी हुन् । जसमा  वाणीले मानिसको धार्मिक भावनामाथि आहत पुग्ने काम गरेको उल्लेख छ । रमाको अनुसार पुलिसले उनलाई स्टेटमेन्ट (वयान) रेकर्ड गर्नको लागि बोलाएको थियो । 

आफू विरुद्ध उजुरी परेपछि वाणीले इन्स्टाग्रामबाट उक्त तश्विर हटाएकी छन् । वाणीको इन्स्टाग्राम एकाउन्टमा उनले हालेको तश्वीरमा नकारात्मक प्रतिक्रियाहरु आएका थिए । ट्रोल गर्दै एक प्रयोगकर्ताले लेखेका थिए कि- 'प्रश्न यो छ कि मानिसले यस्ता कपडा किन लगाउँछन् । उनीहरुले हरेक चीजलाई फेसन जस्तै तरिकाले उपयोग गर्छन, किन कि हामी उनिहु विरुद्ध कुनै एक्सन लिदैनौं । मानिसलाई थाहा हुनुपर्छ कि यस्तो खालको बेवकूफी काम गर्नु हुँदैन । यसलाई हटाइयोस ।' 


यस बिषयमा तपाइको प्रतिक्रिया...!