कंगनाले खाइन् 'हार्मोन पिल्स',यस्तो छ कारण

Posted on: 27 Nov, 2019

मङ्सिर ११, एजेन्सी | कंगना रनौट हाल तमिलनाडुकी दिवंगत पूर्व मुख्यमन्त्री जयललिताको जीवनीमा आधारित 'थलाइवी'को तयारीमा छन् | यो साता उनको सिनेमाको टिजर तथा तस्विरसमेत सार्वजनिक भएपछि चर्चा पाइरहेकि छन् |सार्वजनिक गरिएको पोस्टर लुकमा उनलाई चिन्न मुश्किल पर्छ | उनी कसरी  भइन् यस्ती ? जसको यसको खुलासा उनले एक अन्तरवार्तामा गरेकी छन् |  उनले सिनेमाको लागि करिब ६ किलो तौलसमेत बढाएकी छन् |

उनले दिएको मुम्बईको चर्चित पत्रिका मिड अन्तरवार्तामा सो लुकका लागि हार्मोन पिल्स लिएको बताइन् |  'यो आवश्यक थियो किनकी मलाई वजनदार देखिनुथियो | म अग्ली र पातली छु र अनुहार पनि गोलो छैन। त्यसैले अलिकति फरक देखिन 'हार्मोन पिल्स' लिनु आवश्यक भयो | यसका साथै तौल बढाउन मैले खाना पनि धेरै खान सुरू गरें', उनले भनिन् |

हिन्दीमा समेत रिलिज हुने सिनेमाको तमिल नाम 'थलाइवी' हुँदा हिन्दीमा भने 'जया'नाम बाट रिलिज हुनेछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!