नेपालकी अनुष्का श्रेष्ठले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड

Posted on: 13 Dec, 2019

मंसिर २७, काठमाडौँ | अनुष्का श्रेष्ठले मिस नेपाल-२०१९ ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तर्गत मल्टिमिडिया अवार्ड जितेकी छन् | उनले मत दिने सबै प्रति आभार व्यक्त गरेकी छन् | बिहिबार  मल्टि मिडिया अवार्ड विजेताको नाम घोषणा भएको हो |


यसअघि अनुष्का हेड टु हेड च्यालेन्ज राउन्ड टु जितेर टप ४० मा पर्न सफल भएकी थिइन् | उनी ‘ब्युटी वीथ अ परपोज’ को टप १० मा पनि परेकी छन् | विश्व सुन्दरीको ताजका लागि १२५ देशका सुन्दरीबिच प्रतिष्पर्धा हुँदैछ |

नेपालकी अनुष्काले प्रतियोगिताको ताज जित्ने आत्मविश्वास व्यक्त गरेकी छन् | आफ्नो बुद्धि विवेक र क्षमताले भ्याएसम्म बलियो उपस्थिति जनाउने उनको विश्वाश छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!