यी हुन् २०१९ कि मिस वर्ल्ड

Posted on: 15 Dec, 2019

मंसिर २९, काठमाडौँ |  मिस वर्ल्ड २०१९ को उपाधि जमैकाले  जितेको छ | जमैकाकि टोनी एन सिं  मिस वर्ल्ड २०१९ को विजेता बनेकी हुन् |


 लन्डन एक्सेलमा शनिबार सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा आफ्नो स्थान सुनिश्चित गरेकी हुन्  | दोस्रो स्थानमा फ्रान्सकी ओफेली मेजिनो भइन् भने भारतकी सुमन रावले तेस्रो स्थान हासिल गरेकी छिन् |

मिस वर्ल्ड २०१८- भनिसा पोन्सले उनलाई आफ्नो ताज पहिराएकी हुन् | नेपालकी मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’अन्तरगतको मल्टिमिडिया अवार्ड जितेकी थिइन् भने उनले ब्युटी विथ द पर्पोज विधा पनि जितेकी हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!