गायक रामकृष्ण ढकालले डिभोर्सबारे लेखे यस्तो स्टाटस

Posted on: 26 Dec, 2019

पुस १०, काठमाडौँ | चर्चित गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत श्रीमतीसँग आफ्नो सम्बन्धबिच्छेद भएको विषयको खण्डन गरेका छन् | उनले  श्रीमती निलमलाई आफ्नो प्रेरणा भएको उल्लेख गर्दै  सम्बन्धमा कुनै चिसो आएको बताएका हुन् |


बुधबार जिल्ला अदालत काठमाडौँबाट उनको सम्बन्धबिच्छेदको मिलापत्र भएपनि उनले भने आफ्नो सम्बन्धबिच्छेद नभएको भन्दै खण्डन गरेका हुन् | उनले सामाजिक सञ्जालमा भनेका छन्,‘आज म जे छु त्यो सबै तपाइँ सम्पूर्ण दर्शक–श्रोताका कारण छु तर नेपाली गीत संगीत क्षेत्रमा मलाइ अनवरत रुपमा हिँडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरी श्रीमती निलम हुन्,’ 

व्यक्तिगत बिषय प्रति टिप्पणी भएको भन्दै उनले आपत्ति जनाएका छन् | उनले आफू र श्रीमती निलमलाई जोडेर आएको समाचारप्रति असहमति जनाएका छन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!