नेपाली कलाकारको फोटो फिनल्यान्डका प्रधानमन्त्री र मन्त्री भन्दै भाइरल

Posted on: 30 Dec, 2019

पुस १४, एजेन्सी | टिकटकमा चर्चित जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडा, दीपा र दमन्ता श्रेष्ठ अहिले भारतीय सामाजिक सञ्जालमा फिनल्यान्डका मन्त्रीहरू भनेर भाइरल भइरहेको भारतीय संचार माध्यमले जनाएको छ |

संसारकै कान्छी प्रधानमन्त्री हुन्, फिनल्यान्डकी सान्ना मरिन् | उनको नेतृत्वमा  पाँच दलको गठबन्धनबाट सरकार बनेको छ | जसमा सबै दलका जना ३५ वर्षभन्दा कम उमेरकै चार महिला प्रतिनिधि छन् | अहिले उनको तस्बिर सामाजिक संजालमा निकै भाइरल भइरहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!