लभ डायरिजको 'छम छम' गीतमा प्रिज्मा र प्रिन्सी ( हेर्नुहोस भिडियो सहित )

Posted on: 01 Jan, 2020

पुस १६, काठमाडौँ | टिकटकमा लोकप्रिय रहेका जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडालाई 'लभ डायरिज'ले फिचर गराएको ‘छम छम’ बोलको गीत सार्वजनिक गरेको छ |

फागुन दुई गते रिलिज हुने सिनेमाको यस गीतमा प्रिज्मा र प्रिन्सी सँगै सुशील, रुबिना थापा, विश्वजित रिमालसँगै प्रिष्मा खतिवडा, प्रिन्सी खतिवडा र कमला घिमिरे फिचर्ड छन् |

दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वरको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ | भने प्रविण सिंह यस गीतका कोरियोग्राफर हुन् | सौरभ चौधरीले निर्देशन  गरेको लभस्टोरी सिनेमामा सुशील,संगै  रुबिना र विश्वजितले मुख्य भूमिकामा रहेका छन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!