गायिका आस्था राउतको भिडियोमाथि छानविन थालियो

Posted on: 16 Jan, 2020

माघ २, काठमाडौँ | गायिका आस्था राउतले फेसबुकमा सार्वजनिक गरेको भिडियो माथि प्रहरीले छानबिन थालेको छ | उनले महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै भिडियोमा आक्रोस पोखेकी थिइन् | नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी कार्यालय, काठमाडौंलाई यसबारे छानबिन गर्न निर्देशन दिइसकेको बताएका छन् |

सिक्किम जाँदै गरेकी गायिका राउतले बुधबार त्रिभुवन विमानस्थलमा खटिएकी महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको बताएकी थिईन | ‘छानबिनको लागि हामीले सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिइसकेका छौ' क्षेत्रीले भने |

सामाजिक संजालमा भाइरल भएपछि उक्त भिडिओ बिहिबार राउतले आफ्नो फेसबुकबाट हटाएकी थिइन् | भने उनले रिसको आवेगमा वेद पढीदिन भन्दै माफी मागेकी छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!