आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता, पक्राउ पुर्जी जारी हुने

Posted on: 19 Jan, 2020

माघ ५, काठमाडौं | गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ | गत बुधबार त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा महिला प्रहरी रमिसा श्रेष्ठलमाथि दुर्व्यवहार गरेको भन्दै अभद्र व्यवहार कसुरअन्तर्गत उनले दिएको जाहेरी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गरेको छ |

आस्थाविरुद्ध  जिल्ला प्रशासनबाट पक्राउ पुर्जी जारी हुने महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए | उनका अनुसार अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल सजायको व्यवस्था प्रमुख जिल्ला अधिकारीले गर्न सक्ने अधिकार रहेको छ |

 त्रिभुवन विमानस्थलबाट झापाको उडान भर्ने  क्रममा विमानस्थलमा जाँच गर्ने बेला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ | उनले सोहि दिन  सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक भएको थियो | 

विमानस्थलमा खटिएकी प्रहरी जवान रमीता श्रेष्ठले आस्थाविरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता गरिसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!