गायिका आस्था राउत प्रहरी समक्ष उपस्थित

Posted on: 27 Jan, 2020

माघ १३, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छिन् | उनी सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् |

राउत बिरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी आफै प्रहरी समक्ष उपस्थित भएकी हुन् | स्वास्थ्य परिक्षणका लागि उनलाई प्रहरीले वीर अस्पताल लागेको छ | उनी बिरुद्ध अभद्र व्यवहार सम्बन्धि कसुरको मुद्दा चल्ने छ | राउतले विमानस्थलमा खटिएकी महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फेसबुक लाइभ आएर आक्रोस पोखेकी थिइन् | 

उनले सामाजिक संजाल मार्फत प्रहरीलाई अपमान गरेको र विमान स्थलमा अभद्र व्यवहार गरेको भन्दै विमानस्थलमा खटिएकी महिला प्रहरीले जाहेरी दिएकी थिइन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!