रक्सीको नशामा अभिनेत्री श्रुति...

Posted on: 28 Jan, 2020

माघ १४, एजेन्सी | बलिउडकी चर्चित अभिनेत्री श्रुति हसनको  ३४ औं जन्मदिन परेको छ | उनले जन्मदिनमा जीवनका घटनाहरु स्मरण गरेकी छिन् | उनी हसन साउथका सुपरस्टार कमल हसनकी छोरि हुन् | उनको जन्म सन् १९८६ मा चेन्नईमा भएको थियो |


मुम्बईको एन्ड्रुज कलेजमा साइकोलोजी अध्ययन गरेकी उनले क्यालिफोर्नियामा संगित समेत सिकिन | उनी एक संगितकार पनि हुन् | फिल्मामा आउनु भन्दा पहिले  श्रुतिले मोडलिङ गरेकी छिन् | आफ्ना बुबाको फिल्म ‘थेवार मगन’ मा ६ वर्षको उमेरमै गीत गाएकी थिइन्  | उनले लक्ष्मी प्रसन्नाको शोमा आफ्नो रक्सीको लतको बारेमा सबै कुरा बताएकी छिन् | हिस्कीको समेत लत लागेको उनलाई अल्कोहोलिक भएको कारण करियरनै कम्जोर हुन् पुग्यो |

उनले रक्सीको लत छोड्न नसक्दा फिल्मनै छोडी दिईन | डाक्टरले उनलाई रक्सीको कारण विरामी परेको समेत बताए | अभिनेत्री श्रुतिले विज्ञापन समेत खेलेकी थिइन् | तामिल स्टार सिद्धार्थसँग र रजनीकान्तको ज्वाँईसँग पनि उनको कुनैबेला नाम जोडिएको थियो |

रक्सीको नशाकै कारणले उनको करियर कम्जोर भयो | र यतिबेला उनी फिल्म क्षेत्रबाट टाढा छिन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!