प्रियंकाकी आमा भन्छिन,'उनले बोल्ड पहिरन लगाउँदा कसैलाई हानी त भएको छैन नी' ?

Posted on: 02 Feb, 2020

माघ १९, एजेन्सी | ६२ औं ग्रामी अवार्डमा प्रियंका चोपडा पहिरनका कारण ट्रोल भएकि थिइन् | उनले राल्फ एण्ड लरेनको गाउन लगाएपछि सामाजिक संजालमा निकै ट्रोलिङको सामना गरिन | उनकी आमा मधु चोपडा मुम्बईको एक कार्यक्रममा पुग्दा संचारमाध्यमले प्रियंकाको ट्रोलिङमाथि  गरेको प्रश्नमा जवाफ दिएकी छिन् |

उनकी आमाले भनिन्,‘म यो कुराले खुशी छु, किनकी यो कुराले प्रियंका झनै बलियो बनेकी छिन् । उनी आफ्नो शर्त अनुसार जिन्दगी जिउँछिन् । उनले, बोल्ड पहिरन लगाउँदा कसैलाई हानी त भएको छैन नी ।’

मानिसहरुलाई ध्यान दिन म आवश्यक ठान्दिनँ । जब प्रियंकाले उक्त पहिरन लगाउने भएकी थिइन् तब मलाई फाटो पठाएकी थिइन् । उक्त पहिरन मलाई थोरै चुनौतीपूर्ण लागेको थियो तर उनले निकै राम्रोसँग सम्हालेको बताइन | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!