२०१९ की मिस वर्ल्ड टोनी एन सिंह नेपालमा

Posted on: 05 Mar, 2020

फागुन २२, काठमाडौँ | तीनदिने नेपाल भ्रमणका लागि मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह नेपाल आएकी छिन् | बिहीबार मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी हुन् | मिस वर्ल्ड संस्था र हिडन ट्रेजले आफ्नो २५ औं वार्षिकोत्सव र भिजिट नेपाल २०२० को अवसर पारेर यस वर्षका मिस वर्ल्डलाई नेपाल भ्रमणको निम्तो दिएको थियो | 


जमैकाकी टोनी नेपाल भ्रमण क्रममा सिन्धुपाल्चोक र मकवानपुर जाने कार्यक्रम रहेको छ | उनको भ्रमणमा मिस वर्ल्ड संस्थाका अध्यक्ष जुलिया मोर्ली र निर्देशक स्टीव डग्लस पनि सहभागी हुने मिस नेपाल आयोजक हिडन ट्रेजरले जनाएको छ |

उनी मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको प्रोजेक्ट हेर्न सिन्धुपाल्चोकको हेलम्बु जाने कार्यक्रम रहेको हिडन ट्रेजरले जनाएको छ | उनी अघिल्लो वर्षकी मिस नेपाल शृंखला खतिवडाको प्रोजेक्ट हेर्न मकवानपुर पनि जाने बताएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!