बलिउड गायिका कनिकाको कोभीड–१९ को छैटौं रिपोर्ट नेगेटिभ

Posted on: 05 Apr, 2020

चैत २३, काठमाडौँ | मार्च ९ मा बेलायतबाट फर्किएकी बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण भएपछि लगातार परिक्षण पछी छैटौं रिपोर्ट नेगेटिभ आएको छ । 

लखनउको एक अस्पतालमा उपचाररत कनिकाको पाँचौ रिपोर्ट पनि पोजेटिभ आएपछि उनका शुभचिन्तक र आफन्त डराएका थिए । तर उनको पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको छ । 

कनिकाको पछिल्लो रिपोर्टमा कोरोना नभेटिए उनका आफन्तहरु खुशी भएका छन् । तर, कनिकालाई अहिले नै डाक्टरले डिस्चार्ज भने गर्ने छैनन् । किनकी, कोरोना संक्रमित भएका मानिसको रिपोर्ट दुई पटकसम्म लगातार नेगेटीभ आउनुपर्छ ।

कनिकाको अब अर्को एक रिपोर्ट पनि नेगेटीभ आएपछि उनलाई डिस्चार्ज गरिनेछ । उनको सातौँ परीक्षण ४८ घन्टा पछि हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!