भीम निरौलाले 'सन्डे मर्निङ लभ यू' गीत गाउँदा 'ब्रिटेन्स गट ट्यालेन्ट' मा जजनै चकित (भिडियो सहित)

Posted on: 26 Apr, 2020

वैशाख १४, काठमाडौँ | युटुवमा ६० लाख भन्दा बढीले हेरेका ‘सन्डे मार्निङ लभ यू’गीतका चर्चित गायक भीम निरौलाले ‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा आफ्नो सिग्नेचर गीत गाएर सबैलाई रमाइलो प्रदान गरेका छन् । 


अहिले ५४ वर्ष पुगेका निरौलाले बेलायतको चर्चित टेलिभिजन शोको अडिशनका क्रममा उक्त गीत गाएका हुन् । उनले ‘ब्रिटेन्स गट ट्यालेन्ट’मा प्रस्तुत गरेको गीत युटुवमा ‘ब्रिटेन्स गट ट्यालेन्ट’कै युटुवमा राखिएको छ । उक्त भिडियोमा भीमले गीत गाएको केही सेकेन्डभित्र निर्णायकमध्येका एक कोवेलले असन्तुष्टि व्यक्त गर्दै बजर दबाएका छन् तर दर्शकहरुले उनको प्रस्तुतीलाई निकै रमाइलो रुपमा ताली बजाएर स्वागत गरेका छन् ।  


भीमले नाच्दै आफ्नो गीतको रमाइलो प्रस्तुति दिई रहँदा जजहरुले पनि रमाइलो गरिरहेका हुन्छन । निर्णायक अमाण्डा होल्डेनलगायतका सबैजना उनको गीतमा रमाएको र दर्शकको साथ देखेपछि निर्णायक साइमन चकित पर्छन् । 


भिडियो हेर्नुहोस्:


सामान्य र सबैले बुझ्न सक्ने खालको गीत भएको र अंग्रेजी भाषामा भएकोले विदेशीहरुले पनि भिमको गीत मन पराएको हुनसक्ने बुझिएको छ । 


सन् २००६ देखि बेलायतको रेडिंगमा बस्दै आएका निरौला अहिले पनि बेलायतमै छन् । धनकुटा जिल्लामा जन्मिएका निरौलाले बि.स.२०४४ सालमा रेडियो नेपालबाट स्वर परीक्षा गरेका थिए । उनले दर्जनौं गीतहरु गाईसकेका छन् ।

सन् २०१३ मा युटुवमा राखिएको र ६० लाख भन्दा बढीले हेरिसकेका भिम निरौलाको भिडियो पनि तल हेर्न सक्नुहुन्छ: 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!