सुशान्तको बैंक खाताको फरेन्सिक अडिट: ७० करोड कमाए, ५५ लाख रियालाई

Posted on: 07 Oct, 2020

असोज २१, काठमाडौँ| बलिवुड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरण अझै सेलाएको छैन । भारतमा उनको आत्महत्यालाई लिएर बिभिन्न अध्ययन भईरहेको छ, साथै दैनिक जसो उनको बारेमा समाचारहरु आईरहेका छन् ।

यसैबीच पछिल्लो समय उनको बैंक खाताको फरेन्सिक अडिट रिपोर्ट आएको छ, जसमा कुनै सन्दिग्ध सुराक भेटिएको छैन । भारतीय संचार माध्यम इन्डियन एक्सप्रेसको समाचार अनुसार, सुशान्तको सबै बैंक खातामा पछिल्लो ५ बर्षको दौरानमा ७० करोडको लेन-देन भएको छ, जसमा ५५ लाख रुपया मात्र रिया चक्रवर्तीसँग जोडिएको पाइएको छ । सुशान्तले धेरैजसो पैसा यात्रा, स्पा र गिफ्ट किनेर खर्च गरेका थिए ।

सुशान्तका बुबा केके सिंहले ड्रग्स केसमा मुम्बईकि भायखला जेलमा रहेकी रिया चक्रवर्तीबिरुद्ध १५ करोड रुपयाँको धोखाधडीको मुद्धा पटनामा दर्ता गरेका थिए ।

सुशान्तको आत्महत्याको घटनामा थप स्पष्ट भएपछि सीबीआईल त्यसको कारणको अध्ययनको खिजी रहेको छ । घटनामा रिया चक्रवर्ती र उनको भाईको भूमिका, बलीवुडमा प्रोफेशनल राइवलरी र भाई-भतीजावाद, नशिलो औषधिको दुरुपयोग र राजपूतको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर अनुसन्धान गरिने बताइएको छ ।

सुशान्त सिंह राजपूतको कोटक महिन्द्रा बैंकमा खाता थियो । सीबीआईको एक टीमले उक्त बैंकमा पनि उनको बैंक खाताको अध्ययन गरेको थियो ।


सिविलाईले गरेको अध्ययन अनुसार १४ अक्टोबर २०१९ मा सुशान्तको बैंक खातामा ४.६४ करोड रुपयाँको ब्यालेन्स रहेको थियो, जो करिव ९० दिनमा घटेर १.४ करोडमा झरेको थियो । जुन पैसा सुशान्तको खाताबाट निकालिएको वा ट्रान्सफर भएको थियो, त्यस मध्ये धेरै पैसाको प्रयोग रिया चक्रवर्ती र उनको परिवारजनको लागि भएको थियो । १४ अक्टोबरमा रियाको भाई शोविकको एकाउन्टमा 81,901 रुपयाँ ट्रान्सफर भएको भेटिएको छ ।

त्यस्तै १५ अक्टोबर २०१९ मा ४ लाख भन्दा बढी पैसा दिल्लीको होटल ताजमा बस्नको लागि पठाइएको थियो । त्यस्तै १६ अक्टोबर २०१९ मा रिया र शोविकको दिल्लीको हवाई टिकटको लागि ७६ हजार रुपयाँ पठाइएको थियो । यस अघि फरक-फरक पैसा गरि लाखौँ रकम ट्रान्जेक्शन भएको थियो ।

त्यस्तै १४ नोभेम्बर २०१९ मा रियाको नाममा डेढ लाख रकम ट्रान्जेक्शन भएको थियो ।

२० र २१ नोभेम्बरमा रियाको मेकअप र शपिंगमा ७५ हजार रुपयाँ खर्च भएको थियो ।

त्यस्तै २४ र २५ नोभेम्बर २०१९ मा रियाको शपिङ र रियाको भाईको ट्यूशन फिको लागि फरक-फरक रकम खर्च गरेको देखिएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!