छिमेकी विरुद्ध रियाको उजुरी

Posted on: 13 Oct, 2020

असोज २७, काठमाडौँ | ड्रग्स मुद्दामा जमानमा रिहा भएकी बलिउड नायिका रिया चक्रवर्तीले झुटो बयान दिएको भन्दै आफ्न छिमेकीहरु विरद्ध सीबीआइमा उजुरी दिएकी छिन् । आफ्नी छिमेकी डिम्पल थवानीले सीवीआइलाई झुटो रिपोर्ट दिएर मुद्दा भड्काउने कोशिश गरेको रियाले आरोप लगाएकी छन् ।

रियाले सीवीआइलाई लेखेको पत्रमा आफ्नी छिमेकी डिम्पलले मिडियामा सुशान्त र आफ्नो बारेमा झुटो बयान दिएको उल्लेख गरेकी छिन् ।

संचार माध्यमसँग कुरा गर्दै डिम्पलले जुन १३ मा सुशान्त र रियाको भेट भएको बयान दिएकी थिइन् । तर, सीबीआइको छानविनका क्रममा रिया र सुशान्त विच जुन १३ मा भेट भएको खबर झुटो निस्किएको थियो । डिम्पलले मिडियासँग कुराकानी गर्दै जुन १३ को बेलुकी साढे ६ बजे सुशान्त रियालाई छाड्न उनको अपार्टमेन्टसम्म आएको बताएकी थिइन् । नायक राजपुतले जुन १४ मा आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए । 

सीबीआइले छानविनका क्रममा डिम्पलको बयान झुटो निस्किएपछि उनलाई संझाएर छाडिदिएको थियो । रियाले डिम्पलमाथि कारवाहीको लागि माग गरेकी छिन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!