साउथ इन्डिएन अभिनेत्री काजल अग्रवालले गरिन् बिवाह

Posted on: 31 Oct, 2020

कात्तिक १५, मुम्बई | बलिउड तथा दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री काजल अग्रवाल उद्यमी गौतम किचलुसँग विवाह गरेकि छन् ।

गौतम र अग्रवालले मुम्बईको होटल ताज महलमा शुक्रवार बिहे गरेका हुन् । कोरोना भाइरस महामारीका कारण उनीहरुको बिहेमा धेरै व्यक्ति उपस्थित भएका थिएनन् ।


उनिहरुको विवाहमा परिवार र नजिकका साथीहरू मात्र उपस्थित भएका थिए । काजल र गौतमको पहिलो तस्वीर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ भने यो जोडीलाई फ्यानले बधाई दिएका छन् ।

यसअघि बिहीवार काजलले मेहन्दी सेरेमनीका केही तस्वीर शेयर गरेकी थिइन् । जसमा काजल नृत्य गर्दै रमाइलो गरिरहेकी थिइन् ।


काजलले आफूले बिवाह गर्न लागेको खबर ६ अक्टोबरमा सामाजिक सञ्जालमार्फत दिएकी थिइन् । यसअघि उनले सामाजिक सञ्जालमार्फत बिहेको तयारीका तस्वीरहरु पनि शेयर गरेकी थिइन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!