कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त

Posted on: 15 Nov, 2020

कार्तिक ३०,काठमाडौं | बरिष्ठ हास्यकलाकार मनोज गजुरेल कोरोना भाइरस (कोभिड-१९) संक्रमण मुक्त भएका छन् | ११ दिनको अस्पताल बसाईपश्चात गजुरेल अस्पतालबाट डिस्चार्ज भएका हुन् |

उनले फेसबुकमा लेखेका छन्, '११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु ।'  

गजुरेलले उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पुर्ण सदस्यहरु तथा सबै शुभचिन्तकलाई धन्यवाद दिएका छन्। 

उनी १० कात्तिकमा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका थिए | निमोनिया भएपछि बुधबार सशस्त्र प्रहरी कोभिड अस्पताल बलम्बुमा भर्ना भएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!