अभिनेता अक्षयलाई युट्युबरले दिए यस्तो चेतावनी

Posted on: 22 Nov, 2020

मंसिर ७, काठमाडौँ | बलिउड अभिनेता अक्षय कुमारलाई युट्युबर सिद्दिकीले चेतावनी दिएका छन् |अक्षय कुमारले युट्युबर रसिद सिद्दिकीलाई मानहानिको नोटिस पठाएर ५०० करोडको क्षतिको माग गरेका थिए |

जसको उत्तरमा युट्युबर सिद्दिकीले मुद्दा फिर्ता लिन भनेका हुन् | उनले मुद्दा फिर्ता नलगे आवश्यक कानुनी कदम चाल्ने चेतावनी युट्युबरले दिएका छन् | जवाफमा अक्षयले लगाएको आरोप गलत भएको र त्यो केवल उनलाई प्रताडित गर्ने उद्देश्य रहेको उल्लेख गरिएको छ |

युट्युबरमाथि सुशान्तसिंह राजपूतको मुद्दामा अक्षयलाई अनावश्यक रुपमा तानेर उनको छवि खराब गर्न खोजेको आरोप लागेको छ ।| अक्षयले १७ नोभेम्बरमा सिद्दिकीविरुद्ध मानहानिको सूचना जारी गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!