मिस यूनिभर्स नेपाल २०२०’ बनिन् अन्शिका शर्मा

Posted on: 31 Dec, 2020

पुस १६, काठमाडौं । अन्शिका शर्माले ‘मिस यूनिभर्स नेपाल २०२०’ को उपाधि प्राप्त गरेकी छिन् । अष्ट्रेलिया निवासी २४ वर्षिया  शर्माले १० लाखको नगद पुरस्कार र अपला ज्वेलर्सको तर्फबाट  १५ बराबरको क्राउन जितेकी छिन् । 

उनले मिस यूनिभर्सको मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने मौका पनि हासिल गर्ने छिन् । शर्माले पहिलो स्थान हासिल गरिन् भने पहिलो, दोस्रो, तेस्रो र चौथो उप–विजेताको स्थान क्रमशः सुजिता बस्नेत, नीना कान्त मण्डल, दिक्ता थापा, न्यान्सी खड्काले हासिल गरेका छन् । 

त्यसैगरी नीना कान्त मण्डलले मिस ब्रेभ बोल्ड ब्यूटिफूलको उपशीर्षक हासिल गरिन् भने सुजिता बस्नेतले व्यञ्जन मिस लाइफस्टाइल, अन्शिका शर्माले मिस फियर्स र न्यान्सी खड्काले मिस फ्याबुलसको उपशीर्षक हासिल गरिन् ।  

उत्कृष्ट १८ सहभागीले स्वीमसुट लगाएर आफ्नो परिचय दिंदै उत्कृष्ट १० मा पुगेर सबै जनाको प्रशंसा पाउन सफल भए । नीना कान्त मण्डलले भने ब्रेभ, बोल्ड र ब्यूटिफूल सोसल एड्भोकेसी उपाधि हासिल गरेर उत्कृष्ट १० मा आफ्नो स्थान पहिले नै सुरक्षित गरेकी थिइन् । 

स्वीमसुट राउण्ड पश्चात् फिनालेमा निर्णायकहरुले उत्कृष्ट १० मा ५ जना सहभागीहरु छनोट गरे भने बाँकी ४ भने दर्शकको भोटबाट छनोट गरिएको थियो । उत्कृष्ट ५ को लागि भोटिङ भइरहेको बेला उत्कृष्ट १० भने प्रश्न–उत्तर राउण्डमा एक अर्कालाई कडा प्रतिस्पर्धा दिइरहेका थिए । 

अगाडिको राउण्डमा जस्तै गरी निर्णायकहरुले उत्कृष्ट ५ को लागि उत्कृष्ट ३ को छनोट गरे र बाँकी २ जनाले लाइभ सर्वाधिक भोटको आधारमा छनोट गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!