शाहरुख खान पक्राउ, अमेरिकी राजदूतद्वारा खेद प्रकट

Posted on: 12 Aug, 2016

साउन २८, काठमाडौँ | बलिउड अभिनेता शाहरुख खान अमेरिकामा पक्राउ परेपछी बलिउडमा एकाएक हंगामा मच्चिएको छ । शाहरुखलाई अमेरिकाको लस एन्जलसमा रहेको विमानस्थलबाट पक्राउ गरिएको बिबिसी हिन्दिले जनाएको छ ।

शाहरुखलाई अमेरिकाको इमिग्रेशन विभागले पक्राउ गरेको साहरुखले ट्वीट मार्फत जानकारी दिएका छन् । उनले ट्वीट गरेका छन् ‘विश्व कस्तो छ भन्ने मलाई थाहा छ र यसको सुरक्षाको पनि म सम्मान गर्छु । तर हरेक पटक अमेरिका आउँदा इमिग्रेशन विभागले पक्राउ गर्दा निकै हैरान भएको छु ।’ 

अमेरिकी राजदूतद्वारा खेद प्रकट  

भारतस्थित अमेरिकी राजदूत रिचर्ड वर्माले बलीउड अभिनेता शाहरुख खानलाई अमेरिकाको लस एन्जल्स एएरपोर्टले हिरासतमा लिएको भन्दै खेद प्रकट गरेका छन | 
उनले ट्वीट गर्दै भनेका छन् "अफसोच छ कि शाहरुख खानलाई हैरान बनाइयो | हामी यो सुनिश्चित गर्नको लागि काम गर्दैछौं कि अब यस्तो फेरी नहोस | तपाइँको काम लाखौँ मानिसहरुलाई प्रेरित गर्ने हो, जसमा अमरीकाका मानिसहरु पनि समावेश छन् |" 
साहरुख खानको ट्विटपछी एक जना उनका फ्यान @laserone ले लेखेका छन् "@आईएमएसआरके मेरा नाम खान हो र म आतंकवादी हैन |" त्यस्तै अर्का एक जना ‏@SaMud4Ever ले ट्वीट गर्दै लेखेका छन् "@आईएमएसआरके सरी एसआरके | तपाइँलाई हिरासतमा लिनुको साटो तपाइको स्वागत गर्नुपर्थ्यो | तपाइँ मात्र चम्किलो तारा हैन, भारतको गर्व पनि हो |"
अमेरिकामा शाहरुख पक्राउ परेको यो पहिलो पटक भने होइन । सन् २०१२ मा न्युयोर्कको विमानस्थलबाट शाहरुखलाई पक्राउ गरिएको थियो । त्यसबेला उनलाई दुई घण्टा हिरासतमा राखिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!