योदिनको निर्देशनमा दुई भिडियो एकैसाथ

Posted on: 12 Aug, 2016

साउन, झापा । पछिल्लो समय युवा माँझ लोकप्रिय बन्दै भएका नयाँ पुस्ताका पूर्वेली डाइरेक्टर योदिन एमएल सम्बाहाम्फेले निर्देशन गरेका दुई म्यूजिक भिडियो एकैसाथ सार्वजनिक भएका छन् । 

उनको निर्देशनमा बनेको अरु बेला पाइने होइन मायालुलाई भेट्न... (तीज गीत) र पूर्वै जाने हो... (पूर्वेली लोक भाका) बोलका दुई गीत यूट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

तीज विशेष गीत अरु बेला पाइने होइन मायालुलाई भेट्न म्यूजिक नेपालमार्फत सार्वजनिक गरिएको हो भने पूर्वेली लोक भाका पूर्वै जाने हो यूट्यूब च्यानल रुबूसामार्फत सार्वजनिक गरिएको छ । तीज गीतमा ताराविर पाण्डेले स्वर दिएका छन् भने पूर्वेली लोक भाकामा हङ्कङ्मा रहेका नेपाली गायक चन्द्र अन्छुङ्बोको स्वर रहेको छ ।

तीज गीतको छायाङ्कन राजधानीका विभिन्न क्षेत्रहरुमा गरिएको छ भने पूर्वे लोक भाकाको छायाङ्कन झापाका पर्यटकीय क्षेत्रहरुमा गरिएको छ । तिज गीतको छायाङ्कन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने पूर्वेली लोक भाकाको छायाङ्कन भूपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् ।    

हेर्नहोस् दुई भिडियोः  









यस बिषयमा तपाइको प्रतिक्रिया...!