भोली सरकारबाट विभुषित हुँदै गायिका विष्णु माझी

Posted on: 18 Sep, 2021

असोज २, काठमाडौँ | चर्चित लोक दोहोरी गायिका विष्णु माझीलाई सरकारले विभुषित गर्ने भएको छ । सरकारले उनलाई संविधान दिवसको अवसरमा विभुषण प्रदान गर्न लागेको हो ।  

माझि नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका हुन् । उनि राष्ट्रपतिबाट विभुषित हुने पहिलो गायिका बन्दैछिन् । गायिका माझि पछिल्लो पटक 'चरी जेलैमा' बोलको तीज गीतबाट निकै चर्चित भएकी छन् । उनि नेपालको गायन क्षेत्रकै महँगो गायिका समेत हुन् । उनले आवाज दिएको अधिकांश गीतहरु नेपाली स्रोताको रोजाईमा पर्ने गरेका छन् ।


माझि सहित नायिका केकी अधिकारी, नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पनि सरकारले विभुषण प्रदान गर्दैछ ।

हरेक बर्ष असोज ३ गते मनाउने गरिएको संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई सरकारले विभुषणबाट सम्मान गर्दै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!