'वारि जमुना पारि जमुना'का गायक खेमराज गुरुङको निधन

Posted on: 25 Aug, 2016

भदौ ९, काठमाडौं ।  गायक खेमराज गुरुङको निधन भएको छ ।  ‘वारि जमुना पारि जमुना’,‘आलुतामाले’ लगायतका चर्चित गीतका गायक खेमराजको चावहिलस्थित मेडिकेयर अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । 

१० दिनदेखी अस्पतालमा उपचार गराईरहेका खेमराजलाई जण्डिसको समस्या देखिएपछि चेकअपका लागी अस्पताल पुर्याइएको थियो । पछि उनलाई अस्पताल भर्ना नै गर्नु परेको थियो । 

गुरुङको निधनको खबरले अस्पताल परिसरमा भिडभाड लागेको छ । गुरुङको पार्थिव शरीरलाई टिचिङ अस्पतालमा लाने तयारी भइरहेको छ । 

गायक गुरुङका जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे र घुमफिर एल्बम रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!