तुलसीपुर चोकमा जम्काभेट भएपछि के भयो ? (भिडियोसहित)

Posted on: 15 Sep, 2016

सधै हसिलो स्वभाव भएको र लोक गित संगितलाइ असाध्यै रुचाउने एक सल्यानी प्रतिभा रमेश क्षितीज गिरी । संगीतको बजारमा पस्कदैछन् आफ्नो सृजना र जित्दैछन् लोकगित पारखिहरुको मन । शारदा नगरपालिका वडा नम्बर १५ मा जन्मीएका गिरी आमा लक्षीमा र बुवा दुर्गा प्रसादको कान्छो रोरा हुन् ।

विशेष गरि दोहोरि गित गाउनमा चासो राख्ने गिरीको केहि वर्ष पहिले बजारमा आएको ‘जता जान्छु धोकै धोका छ, हाँसो खुसि छैन यो मनमा पिर व्यथाको पोकै पोका छ’बोलको लोक दोहोरि गित श्रोताहरुले खुबै रुचाएका थिए । एल्वमहरु नियमित बजारमा ल्याउन नसके पनि गित संगितको क्षेत्रमा क्रियाशिल गायक गिरिको प्रस्तुततिमा ‘यो झिल्के ठिटो’बोलको लोक दोहोरि गित युट्युवामा भर्खरै सार्वजनीक भएको छ ।

रमेश क्षितीज गिरि र पूर्णकला विसिको खुलेको स्वरमा पार्वती राइ र पिस्कर पुनले छमछमी नाचेका छन् । गितमा शव्द र लय पनि रमेश क्षितीजकै छ ।

त्रिवेणि फिल्म्स् प्रालिबाट बजारमा आएको ‘यो झिल्के ठिटो’ बोलको यस गितले राम्रै चर्चा पाइरहेको र साथीभाइ, आफन्तीहरुबाट साथै अग्रज कलाकारहरुबाट पनि सकारात्मक प्रतिक्रिया आइरहेको गायक गिरिले जनाएका छन् ।

 जम्काभेट भाको तुलसिपुर चोकमा

भौँतारि राको थे मायाको भोकमा,

यो झिल्के ठिटोले विहे गर्ने भन्छ

भन्देउ न सोल्टीनी के गर्ने मन छ ।।

 हाँसेर बोल्ने बानी छ मेरो

मुटुमा मायाको खानी छ मेरो ।।

 यस्तै यस्तै मौलिक शव्दहरु र मनको कुना सम्म छुने खालको लयले सबैको ध्यान खिच्न सक्ने सामथ्र्य यस गितमा देखिएको छ । गायक गिरिले आगामी दिनमा अन्य सृजनाहरु पनि ल्याउने जनाउदै यस गितलाइ माया गरिदिन आग्रह गरेका छन् । -प्रस्तुति: शंकर केसी, सल्यान 

भिडियो हेर्नुस् !


यस बिषयमा तपाइको प्रतिक्रिया...!