रेडियो तहल्काद्वारा आसमानको सहकार्यमा संचालित सडक नाटक सकियो

Posted on: 26 Sep, 2016


असोज १०, सल्यान । पोषण संग सम्बन्धित रहेको सडक नाटक सल्यानका विभिन्न ठाँउमा प्रदर्शन  गरिएको छ  । 

आसमान नेपालको सहयोगमा उज्यालो संचार केन्द्रले सल्यानका ८ स्थानमा उक्त नाटक प्रदर्शन गरेको हो । जिविको पार्जन तथा पोषण कार्यक्रम अन्तरगत परियोजना संचालनमा रहेका सल्यानका कालिमाटी रामपुर, कालिमाटी काल्चे, माझकाँडा, निगाल्चुला, कुपिण्डेदह, काभ्रा र लक्ष्मीपुर  यो सडक नाटक देखाएको संस्थाका अध्यक्ष डिल्लीराज रावतले जानकारी दिएका छन ।  

सल्यानमा आसमान नेपालले जिविको पार्जनका लागि पोषण परियोजना संचालन गरिरहेको छ । आसमान संगको सहकार्य र विएमजेट तथा डब्लुएचएचको सहयोगमा सल्यान खलंगाबाट रेडियो तहल्का संचालनमा ल्याएको उज्यालो संचार केन्द्रले संस्थाको उद्देश्य अनुसार सडक नाटक गरेको हो । 


घर बलियो भए जग बलियो बन्छ भन्ने शिर्षक रहेको नाटकमा कलाकारहरू नवराज शर्मा, योगराज विश्वकर्मा, सपना कवर लगायतका कलाकारले रोचक तथा सन्देशमुलक चेतना दिएका छन । नाटकमा कुमार, फुलमाया, सेतिलाल, स्वास्थ्यकर्मी विकासको भुमिका रहेको छ । 

नाटकको कथाबस्तु फुलमाया र कुमारको प्रेम सम्बन्धबाट शुरू भइ विहमा परिणत हुदै बच्चाको पोषणको कुरामा गएर टुंगिन्छ । अहिले आसमान सहयोयगमा नाटक संचालनमा ल्याएको संस्थाले नाटक सम्बन्धि विभिन्न परियोजनको काम गर्ने पनी जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!