चितुवा आक्रमणबाट पीडितलाई राहत हस्तान्त्रण

Posted on: 24 Oct, 2016

सरुवा भई जानेबेलामा पीडितहरुलाई राहत दिएर जान पाउदा आफुलाई ठुलै पुण्य गरेजस्तो महशुस भएको जिल्ला वन अधिकृत केदार बरालको भनाई

नरी बडु, कात्र्तिक ८ बैतडी ।
जिल्लाको तल्लोस्वराड क्षेत्रको उदयदेव गाविसमा चितुवाको आक्रमणबाट ज्यान गुमाएका दुई परिवारलाई जिल्ला वन कार्यालय बैतडीले राहत हस्तान्त्रण गरेको छ ।  

 सरकारले बन कार्यालयमार्फत बन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेलाई ५ लाख सम्म राहत तथा क्षतिपुर्ति दिने प्रावधान अनुसार जिल्ला वन अधिकृत केदार बरालले सोमबार उदयदेव २ का हिरा चन्द र उदयदेव ९ का हिरा चन्दलाई ५/५ लाखको चेक हस्तान्तरण गरेका हुन ।

    

गत भदौ पहिलो र दोस्रो साता उदयदेव ९ मकैलमा ७ बर्षिया अञ्जली चन्द र सोहि गाविसको वडा नं. ४ कफाडीमा ४ बर्षिया चञ्चला चन्दको चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।

पीडित दुवै परिवारलाई २० वाटको सोलार सेट समेत दिएको छ । अध्यारोका कारण राती चितुवाले आक्रमण गर्दै आएको भन्दै बन कार्यालय अन्तरगत संचालित कैलाश पबित्र भूपरिधि कार्यक्रम अन्तरगत सोलार बत्ति जिल्ला वन अधिकृत केदार बरालले बताउनुभयो ।

गतबर्ष तल्लोस्वराड क्षेत्रका २१ घरलाई सोलार प्यानल वितरण्ँ गरेको हो । गतबर् बन्यजन्तु क्षेत्रका बिशेषज्ञ टोलीले प्रभावित क्षेत्रमा गरेको अध्ययनबाट बिजुली बत्तिको अभाव र अध्यारोका कारण चितुवा आक्रमण बनेको तथ्य निकालेको थियो ।

चितुवाको आहारा मृग, रतुला, घोरल लगायतका जन्तुको चोरी शिकार बढेपछि चितुवा बैकल्पिक आहाराको खोजीमा मानव हिंस्रक बनेको वनकर्मीहरु बताउछन् ।  



जिल्ला वन अधिकृत केदार बरालको बैतडीबाट पोखरा सरुवा भैसकेको छ । सरुवा भएपनि जानेबेलामा पीडितहरुलाई राहत दिएर जान पाउदा आफुलाई ठुलै पुण्य गरेजस्तो महशुस भएको बरालको भनाई छ ।

क्याप्सन १ : चितुवाको आक्रमणबाट सन्तान गुमाएका परिवारलाई चेक हस्तान्त्रण गर्दै जिल्ला वन अधिकृत केदार बराल
क्याप्सन २ : चितुवाको आक्रमणबाट सन्तान गुमाएका परिवारलाई राहात वितरण गरेपछि सामुहिक पोटो सेसल लिदै पिडीत र जिल्ला वन कार्यालयका कर्मचारी
तस्बिर : नरी बडु / साझासवाल अनलाइन


यस बिषयमा तपाइको प्रतिक्रिया...!