कुन राशिको मानिसले कसरी लक्ष्मीको पूजा गर्ने ?

Posted on: 30 Oct, 2016

कार्तिक १४, पर्वत । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ । 

आज घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ । घरका झ्याल ढोका साथै पानी सार्न प्रयो गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ ।आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ । दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना  गरिन्छ ।

लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास रहिआएको छ । लक्ष्मी पूजा सकेपछि घरघरमा हर्षोल्लासपूवर्क भैलो खेल्ने  परम्परा छ ।

कसरी गर्ने लक्ष्मीको पूजा तथा आरती ?

कात्र्तिक र तिहारको तेस्रो दिन आज साँझ धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानैदेखि घरआँगन सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आफ्नो घरमा आमन्त्रण गर्ने गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सड्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गर्ने गरिन्छ । 

आजको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलिमिली बनाइन्छ ।

आजको दिनमा महालक्ष्मी तथा श्री गणेशको नयाँ मूर्ति वा तस्विर थापना गरेर विषेश पूजा गर्ने गरिन्छ र अन्त्यमा लक्ष्मीको आरती गर्ने गरिन्छ । लक्ष्मीको पूजा गर्ने र आरती गर्ने विधी पनि शास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको पूजा तथा आरती गर्दा शास्त्रमा जनाइ अनुसार गर्न सके लक्ष्मीको कृपा सहजै हुने विश्वास गरिन्छ ।

कुन राशिका मानिसले लक्ष्मीको कसरी पूजा गर्ने, कुन मन्त्र जप्ने ?

पूजाबाट विशेष फल प्राप्त गरिन्छ । दीपावलीको यस दिनमा राशी अनुसार पूजाआजा गर्नाले लक्ष्मी प्रशन्न हुने र मनको इच्छा पूरा हुने विश्वास गरिन्छ । लक्ष्मी पूजाको दिनमा राशी अनुसार गरिने निम्न उपायहरू अनुसार पूजाआजा गरेर लक्ष्मीको कृपा हासिल गर्न सकिन्छ ।

मेष राशि:

– लक्ष्मी पूजाको राती रातो चन्दन, केशरी मिसाएर सेतो कपडा आफ्नो दराजमा बिछ्याउनाले समृद्धीमा सधै बृद्धी हुन्छ र आकस्मिक धनहानीको सम्भावना पनि कम हन्छ ।
– लक्ष्मी पूजाको दिन साँझमा घरको मुख्य ढोकामा तेलको ज्योति बाल्ने गर्नुपर्छ । यसले वर्षभरी आर्थिक कठिनाईको सामना गर्नु नपर्ने तथा रोकिएको धन पनि चाँडै नै प्राप्त हुन्छ ।
– मेष राशिका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ । मन्त्र ऊं ऐं क्लीं सौस

वृष राशि:

– यदी धेरै पैसा कमाउँदा पनि जम्मा गर्न नसक्नु भएको छ भने लक्ष्मी पूजाको साथै कमलको फूलको पूजा पनि गर्नुस् र पछि यो फूल रातो कपडामा बाधेँर आफ्नो दराज या पैसा राख्ने ठाऊँमा राख्नुस् ।
– लक्ष्मी पूजाको राती गाईको घ्यूले भिजाएर ज्योति बालेर त्यसलाई कुनै एकान्त स्थानमा आफ्नो इच्छा भनेर राखेर आउने । यसले चाँडै नै तपाईको मनको इच्चा पूर्ण हुने योग बन्छ ।
– वृष राशिका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ । मन्त्र ऊं ऐं क्लीं श्रीं

मिथुन राशि:

– यदी तपाई धनको कमीबाट जुधीरहनु भएको छ भने लक्ष्मी पूजाको रातमा लक्ष्मी(गणेशको पूजा गर्दै दक्षिणवर्ती शंखको पूजा गरेर त्यसलाई आफ्नो धन स्थान अर्थात् दराजमा राख्ने । यसले तपाईको आर्थिक स्थितिमा सुधार हुन सक्छ ।
– यदी तपाई ऋणबाट चिन्तित हुनुहुन्छ भने लक्ष्मीको पूजा पछि गणेशजीको प्रतिमालाई हल्दीको माला लगाइदिने , यसले तपाईको चिन्ता समाप्त हुन सक्छ ।
– राशिका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ ।
मन्त्र ऊं क्लीं ऐं सस्

कर्कट राशि:

– यदी तपाईलाई धन प्राप्तिको इच्छा छ भने लक्ष्मी पूजाको साँझ पीपलको रूखमा तेलको पञ्चमुखी ज्योती बाल्नुस् ।
– यदी लक्ष्मी पूजाको दिनमा पहेलो त्रिकोण आकृतिको झण्डा भगवान् बिष्णुको कुनै मन्दिरको सकेसम्म माथील्लो स्थानमा फहराउन मिल्ने गरी राख्न सके अर्को लक्ष्मी पूजासम्म तपाईको इच्छा पूरा हुन सक्छ ।
– कर्क राशिका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ ।
मन्त्र ऊं क्ली ऐं श्रीं

सिंह राशि:

– लक्ष्मी पूजाको राती घरको मुख्य ढोकामा गाइको घ्यूले भिजाएर ज्योती बाल्नुपर्छ । यदी त्यो ज्योती बिहानसम्म बलिरहे तपाईको आर्थिक अवस्थामा सुधार आऊँछ साथै मान(सम्मान पनि बढ्नेछ ।
– यदि शत्रुले तपाईलाई हैरान गरेका छन् भने लक्ष्मी पूजाको दिनको साँझमा पीपलको पत्तामा अनारको डाँठले शत्रुको नाम लेखेर जमिनमा गाड्नाले शत्रुले कुनै हानी पु¥याउन सक्दैन ।
– सिंह राशिका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप  गर्नुपर्छ । मन्त्र –ऊं ह्रीं श्रीं सौंस

कन्या राशि:

– यदी तपाईलाई धन सम्बन्धी कुनै समस्या छ भने लक्ष्मी पूजाको दिन रातो रूमालमा नरिबल बाँधेर आफ्नो दराजमा राख्नुस् । यसले धन प्राप्त हुन सक्छ । यसका साथै लक्ष्मी पूजाको दिनमा रूद्राक्षको माला लक्ष्मीको मन्दिरमा    चढाउनुस् ।
– यदी तपाईलाई जागिर सम्बन्धी कुनै समस्या छ भने लक्ष्मी पूजाको दिनबाट सुरू गरेर प्रत्येक अमावस्याका दिन दैनिक रूपमा खिर बनाएर कागलाई खुवाउनुस् यसल तपाईको समस्या समाधान हुन सक्छ ।
– कन्या मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ ।
मन्त्र ऊं श्रीं ऐं सौं

तुला राशिः

– यदी तपाईलाई व्यवसायमा घाटा भइरहेको छ भने लक्ष्मी पूजाको वरको रूखको पातमा सिन्दूर र घ्यूले ऊँ श्रीं श्रियै नमस् मन्त्र लेखेर यसलाई बगिरहेको पानीमा बगाइदिने ।
– लक्ष्मीको विशेष कृपा प्राप्त गर्नका लागि तुला राशिमा मानिस दीपावलीको बिहान नुहाएर नित्य कर्म गरेपछि लक्ष्मीको मन्दिरमा पुगेर ११ वटा नरिवल चढाउने ।
– तुला राशिका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ ।
मन्त्र –ऊं ह्रीं क्लीं श्रीं

वृश्चिक राशि:

– यस राशिका मानिसलाई धनको इच्छा भने लक्ष्मी पूजामा आफ्नो घरको बगैँचा या वराण्डामा केराको दुई वटा रूख लगाउने र यसको संरक्षण गर्ने । यसको फल आफूले नखाने अरूलाई दान      दिने ।
– यदी परिवारमा अशान्ति छ भने लक्ष्मी पूजाको राती केशरको फूल ल्याएर घरमा कही लुकाउनुस् । यसले परिवारमा शान्तिको    वातावरण हुन्छ ।
– वृश्चिक राशिका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ । मन्त्र ऊं ऐं क्लीं सौस

धनु राशि:

– यी राशीका मानिसहरूले धन प्राप्तिका लागि लक्ष्मी पूजाको दिनमा पानको पातमा श्री लेखेर आफ्नो पूजा घरमा राख्ने र दैनिक रूपमा यसको पूजा गर्ने ।
– लक्ष्मी पूजा गर्दा लक्ष्मीलाई कमलको फूल चढाउनुस् । यो लक्ष्मीको प्रिय वस्तु हो ।
– धनु राशिका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ । मन्त्र ऊं ह्रीं क्लीं सौस

मकर राशि:

– लामो समयदेखी यदी आफ्नो पैसा आफ्नो हातमा परेको छैन् भने लक्ष्मी पूजाको दिन आँकको कपासको ज्योति बनाएर घरको ईशान कोणमा बाल्नुस् । यसले धन प्राप्त गर्ने सम्भावना बढ्छ ।
– यदी विवाहमा बाधा उत्पन्न भईरहेको छ भने लक्ष्मी पूजाका दिन भगवान् बिष्णुको पूजा गर्ने र उनलाई पहेलो कपडा, पहेलो मिठाई वा पहेलो फल चढाउने ।
– मकर राशिका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ ।
मन्त्र – ऊं ऐं क्लीं सौस

कुम्भ राशि:

– धन प्राप्तिका लागि लक्ष्मी पूजाको दिन नरिबलको बाहिरी भागमा घ्यू हालेर लक्ष्मीको मुर्ती या फोटो नजिक ज्योती बाल्नुस् । उक्त ज्योति सकेसम्म रातभरी बल्ने गरी बाल्नुस् ।
– आफ्नो जीवन साथीसँगको सम्बन्ध राम्रो छैन् भने लक्ष्मी पूजाको दिनमा खिर बनाउनुस् र लक्ष्मीलाई चढाउनुस् र आफैले खानुस् । यसले दाम्पत्य जीवन सुदृढ हुन सक्छ ।
– कुंभ राशिका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ ।
मन्त्र ऊं ह्रीं ऐं क्लीं श्रीं

मीन राशि:

– यदी शत्रुका कारण चिन्तामा हुनुहुन्छ भने लक्ष्मी पूजाको दिनमा जलेको कालो कपूरले शत्रुको नाम लेखेर आफ्नो खुट्टाले मेटे शत्रुलेहैरान बनाउन नसक्ने विश्वास गरिन्छ ।
– धन लाभका लागि दीपावलीमा कुनै लक्ष्मी मन्दिरमा गएर कमलको फूल, नरिवल चढाउने तथा सेतो मिठाई चढाउने । यसले तपाईको धनको समस्या समाप्त हुन सक्छ ।
– मीन राशिका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ ।
मन्त्र ऊं ह्रीं क्लीं सौस

यस बिषयमा तपाइको प्रतिक्रिया...!