बैतडीमा प्रगतिशील लेखक संघ गठन

Posted on: 07 Nov, 2016

सास, कार्तिक  २२ बैतडी ।
सम्पुर्ण  बामपन्थी घटक विचार भएका लेखकहरु को साझा संगठनको रुपमा बैतडीमा पनि प्रगतिशील लेखक संघ गठन गरिएको छ ।

पछिल्लो चरणमा कलमको माध्यमबाट समाज रुपान्तरणमा कृयाशिल लेखकहरुले उक्त संघ गठन गरिएको हो । करन दयालको अध्यक्षतामा नौ सदसिय संघ गठन गरिएको छ । संघको उपाध्यक्षमा लोकेस साउद, सचिवमा टेकेन्द्र वोकटी, सहसचिवमा मोहनबहादुर चन्द, कोषाध्यक्षमा नरी बडु लगएत नौ सदस्य रहेका छन् ।

गत चैतमा संघको सम्पन्न केन्द्रीय सम्मेलनले देस भरका सम्पुर्ण जिल्लामा लेखक संघ गठन गने निर्णय गरेअनुसार बैतडी जिल्लामा गठन गरिएको प्रगतीशिल लेखक संघ केन्दृय सचिवालय सदस्य लक्षीराम आचार्यले जानकारी दिएका छन् ।

अचार्यले यो भन्दा तिन चार  बर्ष पहिले नै कैलाली र कञ्चन्पुर मा संघ गठन गरिसकेको र बाकी जिल्लामा गठन गर्ने काम चलीरहेको समेत वताएका छन् ।

भौतीक वादको दर्सन मान्ने बामपन्थी घटक हरुको बिशुद्ध लेखकहरु लाई मात्र यसमा मावेस गरिने र यस भित्र कुनै पनि पाटीको सिदान्त नअगालेर छुटै किसिमको संगठन भएको वताईएको छ ।

यसको सदस्यता लिनका लागी बाम पन्थी घटकीय स्पष्टता भएको र दर्सनमा स्पष्ट कलम चलाउन सक्ने जो कोही बामपन्थीले सदस्यता लिन पाउने छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!