आज नवलपरासीको कावासोतीमा गायक पशुपति शर्मा आउँदै, हेर्नुस केके हुँदैछ देवचुली महोत्सवमा

Posted on: 13 Nov, 2016

गोपिकृष्ण चापागाई/ कार्तिक २८, नवलपरासी । नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सवको आज चौथो दिन गायक पशुपति शर्मा बिशेष आकर्षकको रुपमा आउने भएका छन् । कार्तिक २५ गते शुरु भएर मंसिर ४ गतेसम्म चल्ने देवचुली महोत्सवमा हरेक दिन राष्ट्रियस्तरका बिभिन्न फरक फरक कलाकारहरुले बेजोड प्रस्तुती दिइरहेका छन् । 


आज आईतबारको कार्यक्रममा लोक तथा दोहोरी गायक पशुपति शर्मा, लोक तथा दोहोरी गायिका दुर्गा सापकोटा, गायिका रुवि सिंजाली, गायक कबि सारु, गायक नवराज थापा र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक देवचुली टेलिभिजनले जनाएको छ । साथै स्थानियस्तरमा रहेका बिभिन्न जातजातिका नृत्य पनि रहने बताइएको छ ।


संस्कृति संरक्षण पर्यटनको आधार, समृद्ध राष्ट्र निर्माणका लागी कृषि तथा उद्योग ब्यापार भन्ने मुल नाराका साथ दश दिन चल्ने महोत्सवमा दैनिक १५ हजार भन्दा माथि सर्वसाधारणले अवलोकन गरेको र दैनिक पौने करोड भन्दा माथिको कारोबार भएको आयोजकले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!